बैंकहरूमा ६५ करोड लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६५ करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको ६५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर सहित प्रस्ताव पेश गर्न भनेको छ ।

राष्ट्र बैंकले ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई आगामी ३१ गतेसम्म गरी ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५२ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ९ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३ करोड २५ लाख लगानी गर्नेछ । जसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ भने बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको हुनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।

nepal rastra bank

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै