नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। बैशाख ३० गते अर्थात् बुधबार विहान उनी पक्राउ परेका हुन

उनी स्मार्ट टेलिकम लिलामी प्रकरणमा अनुसन्धान सुरु भएपछि सोही प्रकरणमा पक्राउ परेको बुझिएको छ। नेपाल प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

उनलाई सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोलीको सहयोगमा कमलामाई नगरपालिका ६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी जाँचका क्रममा २०८३ वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै