स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित लामा पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित एक जना व्यक्ति पक्राउ परेका  छन्। पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका ५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन्।

काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

हाल यस घटनाको प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै