वालेट कम्पनीहरुको लापरवाही, साइबर सुरक्षा र सुशासनमा हदैसम्म हेल्चेक्र्राई !

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट कम्पनीहरूको साइबर सुरक्षा र संस्थागत सुशासन दुवै क्षेत्रमा गम्भीर कमजोरी भेटिएको जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार केही कम्पनीमा सुरक्षा परीक्षण नगरिएको, एन्टिभाइरस नवीकरण नगरिएको, लग-इन सेसन व्यवस्थापन कमजोर रहेको पाइएको छ । कतिपय वालेट कम्पनीहरुले त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै नियुक्त नगरी कम्पनी सञ्चालन गरेको समेत पाइएको छ । यस्तो बेला जिम्मेवारी कसले लिने भन्ने समस्या निम्तिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

यस्तै कम्प्लायन्स अफिसरलाई अत्यधिक अधिकार दिने, ग्राहकको रकम रहेको सेटलमेन्ट खाताको दुरुपयोग गर्ने तथा आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नबनाउने प्रवृत्तिले डिजिटल भुक्तानी प्रणालीको विश्वसनीयतामै असर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच राष्ट्र बैंकले नियम उल्लंघन गर्ने एक दर्जनभन्दा बढी वालेट तथा भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले पे-वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेसको लाइसेन्स २०८२ असार ५ गते खारेज गरिएको जनाएको छ भने नेपाल पे-टाइम प्रालिको लाइसेन्स नवीकरणसमेत रोकेको बताएको छ ।

यस्तै प्रभु टेक्नोलोजी, खल्ती प्रालि, आई-क्यास र फिनटेक प्रालिलाई विभिन्न मितिमा चेतावनी दिइएको बताएको छ। राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा सबैभन्दा बढी साधारण कैफियत इसेवामा देखिएको बुझिएको छ ।

Payment-Oversight-Report-2024-25-1

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्