सुन तस्करी र सम्पत्ति शुद्धीकरणको अखडा बन्दैछन् वालेटहरु, राष्ट्र बैंकले देखायो गम्भीर कैफियत !

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमार्फत सुन तस्करी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता गतिविधि भएको खुलासा गरिदिएको छ ।

भुक्तानी प्रणाली निरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४-२५ मा केही डिजिटल भुक्तानी प्लेटफर्मको दुरुपयोग गरी सुन तस्करी र सम्पत्ति शुद्धीकरणका गतिविधि भएको पाइएको हो ।

राष्ट्र बैंकले विशेषगरी मोबाइलबाट प्रत्यक्ष भेटघाटबिनै खाता खोल्ने (नन्फे-स-टु-फेस अनबोर्डिङ) प्रक्रियामा कमजोरी रहेको उल्लेख गर्दै अपराधीहरूले त्यही कमजोरीको फाइदा उठाएको जनाएको छ ।

यसैबीच राष्ट्र बैंकले नियम उल्लंघन गर्ने एक दर्जनभन्दा बढी वालेट तथा भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले पे-वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेसको लाइसेन्स २०८२ असार ५ गते खारेज गरिएको जनाएको छ भने नेपाल पे-टाइम प्रालिको लाइसेन्स नवीकरणसमेत रोकेको बताएको छ ।

यस्तै प्रभु टेक्नोलोजी, खल्ती प्रालि, आई-क्यास र फिनटेक प्रालिलाई विभिन्न मितिमा चेतावनी दिइएको बताएको छ। राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा सबैभन्दा बढी साधारण कैफियत इसेवामा देखिएको बुझिएको छ ।

Payment-Oversight-Report-2024-25-1

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्