वालेट कम्पनीहरु: राष्ट्र बैंकलाई टेर्दैनन्, आन्तरिक समस्या हेर्दैनन् !

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही वालेट कम्पनीहरूले नियामकीय निर्देशन अटेर गर्ने गरेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको निरीक्षण प्रतिवेदनअनुसार केही कम्पनीले राष्ट्र बैंकको पूर्व स्वीकृतिबिनै वित्तीय विवरण सार्वजनिक गर्ने गरेको पाइएको हो।

कतिपयले आवश्यक रिपोर्टिङसमेत नगरेको पाइएको छ। केही कम्पनीले नियामकले मागेको स्पष्टीकरणसमेत नदिएको प्रतिवेदनमा उल्लेख छ। वित्तीय विवरण अनुमति बिना सार्वजनिक गर्ने तथा रिपोर्टिङ नगर्ने कम्पनीमाथि पनि नियामकीय कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, धेरै कम्पनी वर्षौंसम्म सीईओबिनै सञ्चालन भएको, कम्प्लायन्स अफिसरलाई अत्यधिक अधिकार दिइएको तथा संस्थागत सुशासन कमजोर रहेको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ ।

प्रतिवेदनले राष्ट्र बैंकको अटेरी गरेर वालेट कम्पनीहरुले कुन हदसम्मको बदमासी गर्छन् भन्ने तथ्य बाहिर ल्याएको छ ।

यसैबीच राष्ट्र बैंकले नियम उल्लंघन गर्ने एक दर्जनभन्दा बढी वालेट तथा भुक्तानी सेवा कम्पनीमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले पे-वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेसको लाइसेन्स २०८२ असार ५ गते खारेज गरिएको जनाएको छ भने नेपाल पे-टाइम प्रालिको लाइसेन्स नवीकरणसमेत रोकेको बताएको छ ।

यस्तै, प्रभु टेक्नोलोजी, खल्ती प्रालि, आई-क्यास र फिनटेक प्रालिलाई विभिन्न मितिमा चेतावनी दिइएको बताएको छ । राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा सबैभन्दा बढी साधारण कैफियत इसेवामा देखिएको बुझिएको छ ।

Payment-Oversight-Report-2024-25-1

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्