गरिमा विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४ पैसा, यस्तो छ अन्य वित्तीय अवस्था (विवरणसहित)

काठमाडौँ। गरिमा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

यस अवधिमा बैंकले १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको चैतसम्म १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको यो नाफा ३५.३४ प्रतिशतले बढेको हो।

यता बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ भने बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख पुगेको छ।

त्यस्तै, बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा पुगेको छ। बैंकले गत असारसम्ममा ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ भने बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १४ लाख, सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।

यो रिपोर्ट बैंकिङ संसारको रिपोर्ट पोर्टलमा हेर्न सकिनेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्