चेक बाउन्स मुद्दामा ४१ वर्षका राममणी त्रिपाठी कलंकीबाट पक्राउ, अब हुन्छ जेलको बास ! (सूचनासहित)

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी राममणी त्रिपाठी पक्राउ परेका छन्। चेक बाउन्स मुद्दामा ४१ वर्षका राममणी त्रिपाठी कलंकीबाट पक्राउ परेका हुन्।

कोपिला पौडेलको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी राममणी त्रिपाठी भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०८२ असार १० गते फैसला गर्दै जाहेरवालालाई विगोबापत रु. १४ लाख ६७ हजार ८ सय भराइदिने, प्रतिवादीलाई रु. ७३ हजार ३ सय ९० जरिबाना, ५ दिन कैद तथा पीडित राहत कोषमा क्षतिपूर्तिबापत रु. २ हजार ९ सय ३६ जम्मा गराउने आदेश दिएको थियो।

फैसलापछि फरार रहेका त्रिपाठीलाई फैसला कार्यान्वयनका क्रममा खटिएको प्रहरी टोलीले साउन २० गते बिहान करिब ७:३० बजे काठमाडौं महानगरपालिका १४, कलंकीबाट पक्राउ गरेको हो।

प्रहरीले पठाएको जानकारी अनुसार पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत, बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्