नगद लाभांश भुक्तानी लिन सेयरधनीलाई प्रभु बैंकको आग्रह

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझ्न आग्रह गरेको छ। आफूमा गाभिएका साविकका बैंक तथा वित्तीय संस्थाका नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझ्न बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार साविक सेन्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेण्ट बैंक, इन्नोभेटिभ डेभलपमेण्ट बैंक, अल्पाईन डेभलपमेण्ट बैंक तथा सेती फाइनान्सका केही सेयरधनीले अझै नगद लाभांश प्राप्त गर्न बाँकी रहेको छ।

सूचना अनुसार सम्बन्धित सेयरधनीले आवश्यक कागजातसहित प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंस्थित सेयर रजिष्ट्रार कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई नगद लाभांश बुझ्न सक्नेछन्। साथै, नगद लाभांश लिन बाँकी रहेका सेयरधनीको नाम तथा थप विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्