काठमाडौँ। नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिबीच सम्झौता भएको छ। बैंक र हस्पिटलबीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।
बैंकमा खाता रहेका ग्राहकहरु र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौँको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा छुट हुने भएको छ।
जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंकमा खाता रहेका ग्राहकहरु र बैंकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखी २० प्रतिशतसम्म छुट हुने भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलकातर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंक लिमिटेडले नेपालालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


