नेपाल बैंकको ‘सहयात्री बचत खाता संचालन, वैवाहिक जोडीलाई संयुक्त बचत सुविधा, मौज्दात ५०० रुपैयाँ चाहिने !

काठमाडौं । नेपाल बैंक लिमिटेडले दम्पतीलाई लक्षित गर्दै नयाँ ‘सहयात्री बचत खाता’ सार्वजनिक गरेको छ। बैंकले वैवाहिक जोडीलाई संयुक्त रूपमा बचत गर्न तथा भविष्यको आर्थिक योजना बनाउन सहज हुने उद्देश्यले यो खाता सञ्चालनमा ल्याएको हो।

यस बचत खातामा न्यूनतम मौज्दात ५०० रुपैयाँ मात्र आवश्यक पर्ने बैंकले जनाएको छ। खातामार्फत दम्पतीका लागि संयुक्त खाता सुविधा, पहिलो वर्ष नि:शुल्क भिसा डेबिट कार्ड तथा एनबीएल स्मार्ट मोबाइल बैंकिङ सुविधा उपलब्ध गराइनेछ।

साथै, पहिलो वर्ष लकर सुविधामा २५ प्रतिशत छुटसमेत प्रदान गरिने बैंकको सूचनामार्फत जनाएको छ। नेपाल बैंकका अनुसार ‘सहयात्री बचत खाता’ पतिपत्नीबीचको आर्थिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो। खाता खोल्न दुवै जनाको परिचय खुल्ने कागजात, फोटो तथा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ।

बैंकले डिजिटल बैंकिङ सेवासहित विभिन्न बचत योजनामार्फत ग्राहकलाई सहज र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्