बैंकको खातामा पैसा नहुँदा नहुँदै पनि जाली चेक दिने अन्जन भट्ट प्रहरीको फन्दामा, अब हुन्छ जेल ! (सूचनासहित)

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बैंकको खातामा पैसा नहुँदा नहुँदै पनि जाली चेक दिने धादिङको ज्वालामुखी ३ का अन्जन भट्ट रहेका छन्।

भट्टलाई काठमाडौँका कागेश्वरीबाट पक्राउ गरिएको हो । बैंकिङ कसुर मुद्दामा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई उनी फरार रहेका थिए।

अनुसन्धानमा खुल्न आए अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट बैंकिङ कसुर मुद्दामा ५० लाख बिगो, जिल्ला प्रहरी परिसर ललितपुरबाट बैंकिङ कसुर मुद्दामा १५ लाख बिगो, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा १ लाख ४८ हजार बिगो रहेको छ।

साथै, प्रहरी वृत्त बालाजु काठमाडौँमा बैंकिङ कसुर मुद्दामा २ लाख ५० हजार बिगो र प्रहरी वृत्त कालीमाटी काठमाडौंमा बैंकिङ कसुर मुद्दामा १ लाख ८० हजार बिगो रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पठाएको जानकारी अनुसार  हाल भट्टलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन पठाइएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्