नाडेप लघुवित्तको कामु सिइओमा शिवप्रसाद आचार्य नियुक्त

काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सिइओमा शिवप्रसाद आचार्य नियुक्त भएका छन्। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजीनामा दिएसँगै लघुवित्तको कामु सिइओमा शिवप्रसाद आचार्य नियुक्त भएका हुन्।

साउन २१ गतेदेखि नै लागू हुने गरी उनले आफ्नो कार्यभार सम्हाल्नेछन्।

लघुवित्तका सिइओ दीर्घबहादुर अर्यालले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा सञ्चालक समितिको साउन २१ गते बसेको २४३औँ बैठकले स्वीकृत गरेको हो ।

उनको राजीनामा स्वीकृत भएसँगै अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्यलाई कामु (कायममुकायम) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्