असार ३२ गते, बैंकहरुमा क्लोजिङको चटारो बेग्लै थियो । ऋण तिर्न बैंकहरुले ऋणीहरुलाई ताकेता गरिरहँदा पनि ऋणीहरुले केहि समय मागिरहेका थिए । असार मसान्तमै ऋण नउठ्ने देखेपछि बैंकरहरुले राष्ट्र बैंकलाई साउन १५ गतेसम्म आएको ब्याजलाई पनि असारकै आम्दानी मानिदिन आग्रह गरेका थिए । राष्ट्र बैंकले बल्लतल्ल सो माग पूरा गरिदियो । त्यसपछि साउन १ गतेबाट नै बैंकहरु ऋणीलाई ताकेता गर्न व्यस्त भए । साउन १ गते शुक्रबारदेखि नै बैंकरहरु १५ दिने समयमा नतिजा निस्किने गरी काम गर्न थाले । यो सब चटारोका बीच कामना सेवा बिकास बैंकले भने असार ३२ गते सबैसबै हिसाब ‘क्लोज’ मात्र गरिसकेको थिएन, बरु साउन १ गते नै वित्तीय रिपोर्ट सार्वजनिक गर्नेगरी सबै तयारी गरिसकेको थियो । धेरै बैंकहरुका लागि ‘असम्भव’ जस्तो काम कामना सेवाले सम्भव बनाएर देखाईसकेको थियो ।
कामना सेवा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक त बनेको थियो नै, उसको रिपोर्ट पनि सानदार थियो । बैंकले अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकले ९.१९ प्रतिशतले बढी नाफा गरेको थियो । न कुनै अतिरिक्त समयको हिसाब, न समय घर्केपछिको आंकडा, ठ्याक्कै १ गते वित्तीय रिपोर्ट सार्वजनिक त्यो पनि ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन । बैंकिङ सेक्टरका लागि यो तथ्य उदाहरण थियो ।
कामना सेवाको रफ्तार यतिकैमा रोकिएन । साउन २२ गतेसम्म आइपुग्दा कतिपय बैंकहरु भर्खर रिपोर्ट सार्वजनिक गरिरहेका छन् भने कतिपत अझ हिसाब हेरिरहेका छन् । तर, कामना सेवा बिकास बैंकले लाभांश नै घोषणा गरिसकेको छ । लाभांश घोषणा गर्ने हकमा पनि कामना सेवा बिकास बैंक पहिलो बनेको छ । धेरै बैंक लाभांश दिन सक्ने स्थितिमा छैनन् । तर कामना सेवा बिकास बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।
अवार्डको सफलता, नियामक र मिडियाको आँखामा ‘निर्विवाद’
केहि समयअघि लेखापरीक्षकहरुको नियमनकारी निकाय आइक्यानले बिपीए अवार्ड प्रदान गर्यो । कामना सेवाले बिकास बैंकतर्फ उत्कृष्ट अवार्ड पायो । विवादरहित अवार्डको हकदार बनेको कामना सेवाको सबैले वाहवाही गरे । अघिल्लो बर्ष पनि कामना सेवाले सो अवार्ड प्राप्त गरेको थियो ।
बैंकले गलत काम गर्ने बैंकहरुलाई कारण खुलाएर कारवाही गर्छ । कामना सेवा लामो समयदेखि त्यसको अपवादका रुपमा छ । मिडियामा विभिन्न बैंकका अनेक विवाद आईरहन्छन् । कामना सेवा मिडियाको आँखामा पनि ‘निर्विवाद’ छ । समग्रमा, प्रचार भन्दा बढी नतिजा बोल्दैछ, कामना सेवा बिकास बैंकले नतिजामै आफुलाई अब्बल ठहर गरिरहेको छ ।
छिटो लाभांश पाएकोमा सेयरधनीहरु खुसी छन् । हिसाब समयमै क्लियर भएकोमा कर्मचारी उसै खुसी छन् । बैंक यसरी पो चल्नुपर्छ भन्ने उदाहरण बनेकोमा बैंकका संचालकहरु, अरु सरोकारवालाहरु खुसी छन् । सब सिद्धियो भन्ने नकारात्मक भाष्य बनिरहेका बेला नियामक, र बैंकका शुभ चिन्तकहरु खुसी छन् ।
दिनेश थकालीको ‘चुपचाप क्रान्ति’
सांग्रिला डेभलपमेन्ट बैंकको कामु सीइओ हुँदै प्रभु बैंकमा केहि समय काम गरेर कामना सेवा बिकास बैंकको नेतृत्व सम्हालेका दिनेश थकाली यो सफलताको कमाण्डर हुन् । उनी खासै मिडियामा देखिँदैनन्, बैंकर्स संघमा भए पनि उनी पब्लिक रुपमा केहि कुरामा निकै कम धारणा राख्छन् । सिइओले काम गरेर देखाउने हो, जसमा उनी अब्बल ठहर भएका छन् ।
उनको काम गराईको नतिजा प्रष्ट देखिएकाले अहिले उनी धेरैले डिमाण्ड गर्ने पात्र हुन् । कतिपय कर्मसियल बैंकले उनलाई सिइओको अफर गरेका कुरा उनले नभने पनि बजारमा चर्चाको विषय बनेको छ । तर आफ्नो कार्यकाल सफल बनाउन लागि परेका उनी बैंकभित्र ‘चुपचाप क्रान्ति’ गर्दैछन् । ‘समयको काम समयमै’ सक्ने उनको कार्यशैलीलाई स्वयम् नियामकका अधिकारीहरु पनि खुलेर प्रशंसा गर्छन् ।
कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, बैंकले कमायो ८९ करोड ४१ लाख खुद नाफा !


