काठमाडौँ। महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजानिक गरेको छ। बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।
महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।
नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्बर्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३ क्यूआर स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिनेछ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखी अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।


