महालक्ष्मी विकास बैंकले घर बनाउन ऋण दिने

काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ। बैंकले घर बनाउन, जग्गा किन्न र अपार्टमेन्ट खरिद गर्न ऋण दिने भएको हो ।

बैंकले नयाँ वर्षको २०८३ को अवसरमा ६.९९ प्रतिशत ब्याजदरमा उक्त ऋण दिने भएको हो।

यस्तो कर्जाको अवधि न्यूनतम २ वर्षदेखी अधिकतम ३० वर्षसम्म रहने बैंकले जनाएको छ। साथै,  कर्जाको ब्याजदर अवधि भने ७ वर्षसम्म स्थिर रहनेछ।

सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंककाे देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरू रहेका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै