काठमाडौँ। नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले वाणिज्य बैंक र लघुवित्तलाई दाँज्न नमिल्ने बताएका छन् । लघुवित्त बैंकर्स संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उनले यस्तो बताएका हुन्।
उनले वाणिज्य बैंकको ब्याजदर भन्दा लघुवित्तको ब्याजदर बढी भएको भन्ने गुनासोहरू आइरहेको बताउँदै वाणिज्य बैंक र लघुवित्तबिच तुलना गर्न नमिल्ने बताएका छन् ।
नेपालका लघुवित्तको व्याजदर अन्य मुलुकको तुलनामा कम भएको उनको भनाइ छ ।
लघुवित्त क्षेत्रले वित्तीय पहुँचमा वित्तीय पहुँच र रोजगारी सिर्जना गर्दै आएको पनि उनले उल्लेख गरेका छन् ।

