काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएका छन्। बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेले बैंक सञ्चालक समितिसमक्ष राजीनामा दिएको बैंक स्रोतले पुष्टि गरेको हो।
उनको दोस्रो कार्यकाल समाप्त हुन करिब १० महिना बाँकी रहेको थियो। तर, उनले आफ्नो कार्यकाल नसकिँदै आफ्नो पदबाट राजिनामा दिएका हुन्।
यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी असिस्टेन्ट जनरल मेनेजर जेनु थापाले पनि बैंक छोडेको पाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व एमडी प्रदिप अधिकारीसँगको शंकास्पद कारोबारमा मुछिएपछि थापाले बैंक छोडेको खुलासा भएको छ।


