नेपाल लाइफ इन्स्योरेन्सको खण्डनपत्र -‘बैंकिङ संसारमा प्रकाशित समाचारउपर ध्यानाकर्ष भयो’, हेरौँ जस्ताको त्यस्तै !

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैंकिङ  संसार डटकममा प्रकाशित समाचारहरु प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै बैंकिङ संसारका नाममा खण्डनपत्र पठाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेको उक्त पत्रमा बैंकिङ संसार डटकममा प्रकाशित समाचारहरुउपर आफ्नो ध्यानाकर्षण भएको  उल्लेख गरिएको छ ।
सिइओ पराजुलीले कतिपय समाचारको शीर्षक  नै उल्लेख गर्दै, ती समाचारहरु भ्रामक भएको दाबी गरेका छन् । जवकि ती सबै समाचार सत्यमा आधारित छन् । अचम्मको कुरा त के छ भने सीइओ पराजुलीले कम्पनीको कार्यक्रममा आन्दोलन गर्ने अभिकर्तालाई लक्षित गर्दै चेतावनी दिएका थिए, र सो चेतावनीको समाचार पनि उनले भ्रामक भनेका छन् ।
हेर्नुहोस् कम्पनीका सीइओ प्रवीण रमण पराजुलीले पठाएको खण्डनपत्र जस्ताको त्यस्तै ।

हाम्रो भन्नु,

१. कम्पनीले बैंकिङ संसार डटकमले समाचार लेख्नुपूर्व कम्पनीसँग कुनै पनि प्रतिक्रिया वा सत्यतथ्य बुझ्ने प्रयास नगरेको, एकतर्फी समाचार लेखेको आरोप लगाएको छ । जवकी कम्पनीका सूचना धिकारी बिनोद कुमार बुझेललाई हामीले पटक पटक सम्पर्क गरेका थियौँ ।

२. नेपाल लाइफमा हङ्गामा, नियामक भने मौन भन्ने हाम्रो समाचार सत्यमा आधारित छ । तर यो समाचार कम्पनीले भ्रामक भनेको छ । कम्पनीका अभिकर्ताहरुबीच कार्यक्रममै हानाहान भएको छ, सीइओले चेतावनी नै दिनुपरेको छ, अभिकर्ताका नेतालाई प्रहरीले पक्राउ गरेको छ, अनि कार्यक्रम स्थल बाहिर अभिकर्ताहरु आन्दोलनमा देखिएको भिडियो नै सामाजिक संजालमा भाइरल छ । अनि यहि विषयमा लेखेको हाम्रो समाचार कसरी भ्रामक भयो ? यो त नेपाल लाइफ इन्स्योरेन्सले खण्डनका नाममा गरेको ठट्टा जस्तो भएन र ?

नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !

३. मिडियाको नामसमेत नपढी गाली भन्ने समाचार कसरी भ्रामक भयो ? अर्थ खबर डटकममा प्रकाशित समाचारको स्क्रीनशट सेयर गरेर अर्थ सरोकारलाई गाली गरिएको छ । खबर र सरोकार पढ्न नजान्ने अभिकर्ता, अनि सो पढ्न जानेनन्, असम्बन्धित मिडियामाथि गाली आयो भन्ने समाचार हाल्दा भ्रामक ? यो त अर्को ठट्टा भएन र ?

४. नेपाल लाइफका अमित फेरी विवादमा शीर्षकको समाचार कसरी भ्रामक भयो ? अमित कयालको नियुक्तिलाई लिएर नेपाल लाइफमाथि नियामक बीमा प्राधिकरणले गरेको कारवाहीको पत्र त सार्वजनिक नै छ त । उनले एमबिए पढ्न  कार्यविधि विना पैसा लिएको तथ्य सार्वजनिक नै छ । उनले आफ्नो नामसमेत गलत लेखिँदा पनि  हस्ताक्षर गरेको डकुमेन्टको   बैधता माथि प्रश्न  उठेको तथ्य  छर्लंग छ । अनि यो समाचार कसरी भ्रामक भयो ?

आफ्नो नामसमेत राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !

५. नेपाल लाइफको विवादले विमित हच्किएको कुरा सामाजिक संजालमा स्वयम् अभिकर्ताहरुले स्वीकारेको विषय हो । हामीलाईसमेत फोन गरेर विमितले सोध्ने काम गरेका छन् । अनि यहि विषयमा समाचार लेख्दा भ्रामक कसरी भयो ?

नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा

६. नेपाल लाइफको ब्राण्ड टिममा कर्मचारी नटिकेको, राम्रा कर्मचारी बाहिरिएको नेपाल लाइफले भेण्डरको पैसा नतिरेको  तथ्य सबैमाझ छर्लंग छ ।  सबैले देखेको कुरा पनि भ्रामक हुन्छ र ? नेपाल लाइफ इन्स्योरेन्सका तत्कालीन सीइओ सन्तोष प्रसाईले सम्झौता गरेको काम सकिएर पनि भुक्तानी नपाएको सत्यलाई किन गलत भनिंदैछ । काम सकिएपछि पैसा तिर्नुपर्दैन ? अनि राम्रा कर्मचारीले जागिर छाडेको विषय सार्वजनिक नै छैन र ? नेपाललाइफमा  न्यौपानेपछि मेघेन्द्र गिरी, उनीपछि फेरी अमित झा । अमित पछि अहिले प्रनिश शाक्य । यसलाई कर्मचारी टिकेको भन्छन् त ?

नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?

७. अचम्म त के छ भने अवार्ड कार्यक्रममा लात्ती हानाहान भएको, अभिकर्तालाई प्रहरीले लगेको खबरसमेत कम्पनीले भ्रामक भनेको छ । यो त के गर्नेलाई भन्दा देख्नेलाई लाज भएजस्तो भएन र ? प्रहरीले अभिकर्तालाई नियन्त्रणमा लिएर लगेको भिडियो त सार्वजनिक नै छ नि, होइन र ? लात्ती हानाहान भएको बयान त स्वयम् अभिकर्ताले सार्वजनिक रुपमा दिएकै छन् । स्वयम् नेपाल लाइफले कार्यक्रममा प्रयोग गरिएका बाउन्सरहरुको तस्विर सार्वजनिक गरेको छ ।

नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !

८. यति धेरै लफडा भईसकेपछि नेपाल लाइफको लफडा छताछुल्ल भनिएको समाचार कसरी भ्रामक भयो ? नियामककै परिवार नेपाल लाइफमा भन्ने समाचार भ्रामक भनिएको छ, जवकि बीमा प्राधिकरणका हाकिमको एकासगोल परिवार भित्रको मान्छे नेपाललाइफमै जागिरे छन् । अनि समाचार कसरी भ्रामक भयो ?

नेपाल लाइफ प्रकरण : ‘नक्कली पत्रकार’को कुरा उठाउँदै सिइओले दिए अभिकर्तालाई कारवाही गर्ने गर्ने धम्की, भने- ‘सबै कुराको हिसाबकिताब हुन्छ’

९.नेपाल लाइफमा मिस सेलको जालो शीर्षकको समाचार पनि सत्यमा आधारित छ । यस विषयमा कति गुनासा नियामककहाँ पुगेका छन्, कति हामीकहाँ आईपुगेका छन् । यो सार्वजनिक बहसको विषयलाई समाचार बनाउँदा हचुवामा भ्रामक भन्न मिल्छ ?

१०. समाचारहरु प्रकाशन गर्नुपूर्व फोन गर्दा फोन नउठाउने, कार्यक्रम छ भन्ने बहाना बनाएर उम्किने, अनि अहिले समाचार भ्रामक भयो भन्ने ? के यो सहि भयो त ?

हामी प्रष्ट छौँ, बैंकिङ संसार डटकममा प्रकाशित नेपाल लाइफ सम्बन्धि सबै समाचार तथ्यमा आधारित छन् । खण्डनमा समाचारलाई हचुवाको भरमा भ्रामक भन्ने सीइओ सापले सहि के हो भन्ने पनि पठाईदिनुभएको भए राम्रो हुने थियो कि !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्