ग्लोबल आईएमईका कर्मचारीलाई जागिर छाड्न परिवारभित्रैबाट आउन थाल्यो दबाब, ‘ज्यान रहे त जे पनि गरौँला, परिवार रहे न जागिर’

काठमाडौं । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको मृत्यु प्रकरण सार्वजनिक भएपछि बैंकमा कार्यरत अन्य कर्मचारीहरुको परिवारसमेत गम्भीर चिन्तामा परेका छन् । विशेषगरी बैंकमा काम गर्ने छोराछोरीका बाआमाहरुले ‘ज्यान रहे जे पनि गर्न सकिन्छ’ भन्दै जागिर नै छाड्न सुझाव दिन थालेको खुलेको छ ।

पिताम्बर खड्का प्रकरणपछि ग्लोबल आईएमईका थप कर्मचारी पनि प्रहरीको शरणमा, ‘हामीलाई पनि मर्न बाध्य नपारियोस्’

बैंकभित्र बढ्दो मानसिक तनाव, अनावश्यक दबाब र व्यवस्थापनको व्यवहारबारे विभिन्न आरोप बाहिर आइरहेका बेला कर्मचारीका परिवारजनसमेत त्रसित बनेका हुन् । बैंकिङ संसारसँग कुरा गर्ने केही कर्मचारीहरुले अहिले घरबाट दैनिक रुपमा जागिर परिवर्तन गर्न दबाब आउन थालेको बताएका छन् ।

मृतकका परिवारले किटानी जाहेरी दिँदा पनि किन पक्राउ परेनन् आरोपित ? बैंकमा फैलियो ‘कुरा मिलिसकेको’ हल्ला !

‘घरमा समाचार हेरेपछि आमाबुबा निकै डराउनुभएको छ । उहाँहरुले ‘त्यस्तो तनावमा बस्नुभन्दा जागिर छाड’ भन्न थाल्नुभएको छ ।’ एक कर्मचारीले बैंकिङ संसारसँग भने ।

फलोअप : आफ्ना साथी बितेपछि ग्लोबल आईएमई बैंकका पीडीत कर्मचारी एकजुट, बेथितिविरुद्ध ‘विद्रोह’ गर्ने तयारी !

विशेषगरी पिताम्बर खड्काले निधन अघि सामाजिक सञ्जालमा लेखेका भावनात्मक स्ट्याटस र केही अधिकारीहरुको तस्वीर राखेको विषयले धेरै अभिभावकलाई झस्काएको बैंकरहरुको भनाई छ ।

ग्लोबल आईएमई बैंक झापा घटना : पिताम्बर खड्काको अन्त्यष्टी, हेड अफिसबाट कोहि गएनन् मलामी !

केही कर्मचारीहरुले त पछिल्लो केही दिनदेखि घरमा आफूहरु रोइरहेको, निद्रा नलाग्ने, काममा जान डर लाग्ने अवस्था बनेको बताएका छन् ।

ग्लोबल आईएमईकै कर्मचारीको चित्कार- ‘पिताम्बरले त्यसै मृत्युको बाटो रोजेको थिएन सरकार ! जिउँदै मरिरहेका अरु पिताम्बरहरुलाई बचाऊ !’

ग्लोबल आईएमई प्रकरण: सिइओसहित ४ हाकिम पक्राउ नपरेसम्म शब नबुझ्ने परिवारको अडान, नेपालमै छैनन् सिइओ !

मनोविद्हरुका अनुसार कार्यस्थलमा लगातारको मानसिक दबाब, असुरक्षाको भावना र अपमानजनक व्यवहारले व्यक्तिमा गम्भीर मानसिक असर पार्न सक्छ । यस्तो वातावरण लामो समय रहिरहे डिप्रेसन, आत्मविश्वासमा गिरावट तथा चरम अवस्थामा आत्मघाती सोचसमेत विकास हुन सक्ने उनीहरुको भनाइ छ । यता, ग्लोबल आईएमई बैंकले भने कर्मचारीहरुको गुनासोबारे सार्वजनिक रुपमा कुनै विस्तृत प्रतिक्रिया दिएको छैन ।

ग्लोबल आईएमई प्रकरण: पिताम्बरले ‘तिमी हरामखोरहरुले मलाई मार्यौ’ भनेर दोष लगाएका ४ जना को हुन् ? पद के ?

फलोअप: ग्लोबल आईएमई बैंक खड्का प्रकरण: सीइओसहित एचआर हेड अनामिकालाई पक्राउ गर्न स्थानीयको माग !

ग्लोबल आईएमईका कर्मचारीको सुसाइड प्रकरण : एचआर हेड अनामिकासहित सिनियरमाथि अनुसन्धान हुने, सिइओ विदेशमा

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै