ग्लोबल आईएमई झापा घटना : पिताम्बर खड्काको अन्त्यष्टी, हेड अफिसबाट कोहि गएनन् मलामी !

दमक । बैंकका ४ जना सिनियर व्यवस्थापकको तस्विर राखेर प्राण त्यागेका ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको अन्त्यष्टी गरिएको छ । पोष्ट मार्टम रिपोर्टपछि उनीहरुको अन्त्यष्टि गरिएको हो ।
अन्त्यष्टीमा बैंकका केहि कर्मचारीहरुको पनि उपस्थिति थियो । तर हेड अफिसबाट भने कोहि पनि मलामी नगएको एक बैंकरले बताए । सुरुमा परिवार शब नबुझ्ने अडानमा थियो । तर स्थानीयले सम्झाएपछि र प्रहरीले पनि आवश्यक अनुसन्धान गर्ने बताएपछि शब बुझेर अन्त्यष्टी गरिएको थियो।
पिडित परिवारले बैंकका सीइओसहित ४ जनाविरुद्ध जाहेरीसमेत दिएको प्रहरीले जानकारी दिएको छ ।
यता, बैंक भने ‘जे नहुनु भईसक्यो’ भन्दै घटना सामसुम पार्ने तयारीमा छ । यसका लागि क्षतिपूर्ति, परिवारलाई रोजगारी लगायतका अफरका विषयमा बैंकमा छलफल भएको बैंक स्रोतको दाबी छ ।
यसअघि अर्को एक बैंकमा पनि यस्तै घटना हुँदा मृतककी श्रीमतीलाई जागिर दिएर केस मिलाईएको भन्दै बैंकमा यस्तो अफरको छलफल भएको बैंकका एक उच्च तहका कर्मचारीले बताएका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै