काठमाडौँ। नेपाली नागरिकले विदेशमा रोजगार वा व्यवसाय गरेर आर्जन गरेको तथा विदेश भ्रमण प्रयोजनका लागि नगदै विदेशी मुद्रा राख्ने पाउने सीमाबारे स्पष्ट प्रावधान रहेको छ। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी एकीकृत निर्देशनमा यस विषयमा मापदण्डहरु निर्धारण गरिएको हो ।
निर्देशनबमोजिम नेपाल नागरिकले विदेशमा रोजगारी वा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रालगायत वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम १ हजार ५०० अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न पाउँछन्।
यस्तो रकम जतिसुकै पटकको स्रोत भए पनि कुल रकममा उक्त सीमा नाघ्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवत्र्य विदेशी मुद्र तोकिएको सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गर्नु वा नेपालस्थित बैंकमा परिवत्र्य विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। यो हेर्नुहोस्:


