मृतकका परिवारले किटानी जाहेरी दिँदा पनि किन पक्राउ परेनन् आरोपित ? बैंकमा फैलियो ‘कुरा मिलिसकेको’ हल्ला !

काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले ४ जना सिनियर हाकिमहरुको फोटो पोष्ट गर्दै ‘तिमीहरुले मलाई मार्यौ’ लेखी प्राण त्याग गरेको केसमा मृतकका परिवारके किटानी जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईले किटानी जाहेरी दर्ता भएको पुष्टी गरे ।
‘घटनाबारे परिवारले टिकानी जाहेरी दिएका छन् ।’ राईले भने, ‘हामी थप अनुसन्धान गर्दैछौँ ।’
जाहेरीसँगै सीइओसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने बाटो खुलेको छ । यद्यपी, सीइओसहित ४ जनालाई पक्राउ नगर्न निकै चर्को दबाब आएका कारण अहिलेसम्म कोहि पनि पक्राउ भने नपरेको बुझिएको छ ।
कानुनका जानकारहरुका अनुसार यस्तो केसमा प्राण त्याग गर्नुअघि मृतकले लेखेको कुरालाई प्रमाण मानी अनुसन्धान हुन्छ । फौजदारी केस भएकाले पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था छ ।
केहि वर्ष अगाडी पत्रकार शालिकराम पुडाशैनीले रवि लामोछानेले मलाई मार्न बाध्य बनाएको हो भन्ने आशयको भिडियो बोलेर आत्महत्या गरेपछि रवि समातिएका थिए । तर, देश बाहिर भएको भन्दै ग्लोबल आईएमई बैंकका सीइओ पक्राउ परेका छैनन् भने अरु सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएको भनिए पनि उनीहरु कार्यालय भने आईरहेको बुझिएको छ ।

यता बैंकभित्र भने केस मिलिसकेको र कोहि पनि पक्राउ नपर्ने भन्दै हल्ला गरिएको छ । घटनाको निष्पक्ष छानविन हुनुपर्ने भन्ने आवाज उठिरहेका बेला बैंकभित्र भने करिव १ करोड रुपैयाँ परिवारलाई क्षतिपूर्ति दिने, अध्यक्ष चन्द्र ढकालले प्रहरी प्रशासनलाई कन्भिन्स गर्ने र कोहि पनि पक्राउ नपरी यो केस सल्टाउने सहमति भएको हल्ला फैलिएको छ । कतिपय बैंकरहरुले त यस्तो सुनियो भनेर त्यसो हुन दिन नहुने भन्दै आवाज उठाईरहेका छन् ।

यो प्रकरणमा हालसम्म बैंकले आधिकारिक धारणासमेत दिएको छैन भने श्रद्धाञ्जलीसमेत दिएको छैन । बैंक स्रोतका अनुसार खड्काको निधन भएको १३ दिन पारेर पत्रिकामा श्रद्धाञ्जली छाप्ने विषयमा भने सीइओले निर्देशन दिईसकेका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै