काठमाडौँ । ग्लोबल आईएमई बैंकमा कार्यरत आफ्ना साथी पिताम्बर खड्कालाई प्राण त्याग गर्न बाध्य बनाइएको केस बाहिर आएपछि ग्लोबल आईएमई बैंक पिडित कर्मचारीहरु एक जुट भएका छन् । ग्लोबल आईएमई बैंकबाट विभिन्न केसमा पिडित बनेकाहरु एकजुट भएका हुन् ।
उनीहरुले बैंकको बेथितिबारे अव पनि नबोले ढिलो हुने भन्दै विभिन्न मिडिया, नियामक र प्रहरीको सहयोग लिने भन्दै छलफल अघि बढाएका छन् । बैंकिङ संसारको सम्पर्कमा आएका केहि पिडितहरुले छिट्टै नै आफुहरु एक भएर बैंकको बेथितिविरुद्ध अभियान चलाउने बताएका छन् ।
बैंकभित्रको बेथितिले सिमा नाघेको भन्दै बैंकका विभिन्न कर्मचारीले विद्रोहको तयारी भईरहेको बताउँदै उनीहरुले आफुहरुलाई मर्न बाध्य हुनेगरी प्रेसर दिने, दुख दिने, अस्वाभाविक सरुवा गर्ने, धाकधम्की दिनेजस्ता कामहरु भईरहेकाले यस विरुद्ध अव बोल्ने समय आएको भन्दै विद्रोहको तयारी भईरहेको बताए ।
‘प्रहरी, मिडिया, कहाँ कहाँ जानुपर्छ अव जाने हो । राष्ट्र बैंकले पनि हाम्रो सुनुवाई गरेन ।’ बैंकिङ संसारको सम्पर्कमा आएका ग्लोबल आईएमईमा कार्यरत कर्मचारीले भने, ‘अव पनि नबोले हामीलाई पिताम्बरको आत्माले सराप्नेछ ।’
यता, आफ्नो नाम लिँदै कर्मचारीले प्राण त्याग गरेपछि ग्लोबल आईएमई बैंककि एचआर प्रमुख अनामिका सिंह र असिस्टेन्ट सीइओ दीप चन्द्र रेग्मी सम्पर्कविहीन भएका छन् । उनीहरु अहिले फोन नै नलाग्ने र बनाउने र घरी घरी फोन अफ गर्ने गरिरहेको पाइएको हो । पिताम्बर खड्काले आफ्ना हाकिमहरुको नाम नै किटेर प्राण त्याग गरेपछि उनीहरुविरुद्ध अनुसन्धान सुरु भएको छ ।
यता बैंकका पीडीत कर्मचारीले जस्टिस फर पिताम्बर खड्का भनेर ट्रेन्ड सुरु गर्नेसमेत बताएका छन् ।

