‘बैंकमा पैसा थुप्रिनु मात्र समृद्धिको संकेत होइन’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बैंक तथा वित्तीय संस्थामा निक्षेप करिब ७८ खर्ब ८९ अर्ब पुगेको बताएकी छिन्। जेठ ६ गते प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले बैंकमा पैसा थुप्रिनु मात्र समृद्धिको संकेत नभएको बताएकी छिन् । उनले बैंक तथा वित्तीय संस्थामा निक्षेप करिब ७८ खर्ब ८९ अर्ब पुगेको उल्लेख गर्दै ब्याजदर न्यून हुँदा पनि १० खर्बभन्दा बढी लगानीयोग्य पैसा बैंकमा थुप्रिनु गम्भीर विषय भएको उल्लेख गरेकी छिन्।

चालू आर्थिक वर्षको नौ महिनामा कर्जाको वृद्धिदर केवल ५.७ प्रतिशत मात्र भएको भन्दै बचत खाता ६ करोडभन्दा बढी हुँदा कर्जा खार्ता २० लाख मात्र भएको जनाएकी छिन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै