National

नबिल बैंकका सबै ऋणीले शुन्य दशमलव २५ प्रतिशत व्याज छुट पाउने, खराब कर्जा ऋणीले भने सुविधा नपाउने !

 Nabil Bank
  • बैंकिङ संसार 
काठमाण्डौ । नबिल बैंकका सबै ऋणीले शुन्य दशमलव २५ प्रतिशत व्याज छुट पाउने भएका छन् । कोरोना महामारीका बेला बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको हो । यद्यपी यो सुविधा खराब कर्जाका ऋणीहरुले भने नपाउने बैंकले स्पष्ट पारेको छ।  
‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणिलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउनेछ । तर, खराब ऋणिको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणिले यो सुविधा पाउँदैन्ँन् ।’ बैंकका सीइओ अनिल केशरी शाहले भने । 
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल स्तरीय सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै