‘सकेसम्म बैंकसम्म नजानू, अनलाइन कारोबार गर्नू’ : बैंकर्स संघ

NBA

  • बैंकिङ संसार 
काठमाडाैं । नेपाल बैंकर्स संघले सकेसम्म बैंकसम्म नजान र अनलाइन कारोबार गर्न सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले सार्वजनिक अपिल गर्दै डिटिजल माध्यम अपनाउन र बैंक नआउन अनुरोध गरेको हाे। 
साथै बैंकर्स संघले डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न अनुराेध गरेकाे छ ।
कोरोना महामारीका कारण बैंकका कर्मचारीहरु संक्रमित भएसँगै बैंकहरुमा जोखिम बढेपछी संघले यस्तो आग्रह गरेको हो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै