National

मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको ब्याजदर

 Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर २ प्रतिशतले घटाएको छ । बैंकले सोमबार (भदौ १ ) देखि लागु हुने गरी हायर पर्चेज कर्जाको व्याजदर घटाएको हो । यसबाट कोरोनाका कारण सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने विश्वास बैंकले लिएको छ । 
मुक्तिनाथ विकास बैंकले नेपालभर १ सय ३८ वटा शाखामार्फत आफ्ना ग्राहकहरुलाई आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै