National

सहारा विकास बैंकले गर्यो लिलामी सेयर भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाईन्छ ?

 Sahara Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । सहारा विकास बैंक लिमिटेडले लिलामी सेयर भर्ने म्याद थप गरेको छ । बैंकले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर भर्ने म्याद थप गरेको हो । यस अघि बैंकको लिलामी सेयर भर्ने म्याद भदौ ८ गतेसम्म मात्र थियो । अब बैंकले उक्त लिलामी सेयर भर्ने म्याद थप गरेर भदौ २३ गतेसम्म पुर्याएको छ । उक्त हकप्रद सेयर खरीद गर्न अब भाद्र २३ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले श्रावण ३० गते शुक्रबारबाट संस्थापक समूहको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी निष्काशन गरेको थियो । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै सेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै