National

एनआईसी एशिया बैंकसहित ४ वाणिज्य बैंकले गरे रिचार्जरसँग सम्झौता, सामान बिन्दा ५० प्रतिशतसम्म छुट

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकसहित ४ वाणिज्य बैंकले रिचार्जरसँग सम्झौता गरेका छन् । बैंकले मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदर किस्ताबन्दीमा सामान उपलब्ध गराउन रिचार्जरसँग छुट सम्झौता गरेको हो । उक्त मेगा ग्याजेट्स सेल मेला भने भदौ ११ गतेदेखि सुरू भएको हो । एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकले आफ्ना ग्राहकहरुलाई शुन्य प्रतिशत व्याजदर किस्ताबन्दीमा सामान उपलब्ध गराउन रिचार्जरसँग सम्झौता गरेको छ । 
भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा ५ वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदर किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । कार्ड नभएकाहरूले भने रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन् । यसरी आएको आवेदनको आधारमा बैंकहरूले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गर्ने रिचार्जरले जनाएको छ । बैंकका ग्राहकहरुले सेल अवधिमा १८ महिनासम्मको किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा सामग्री किन्न सक्नेछन् ।
सेल ग्याजेट्स मेला अवधिमा दैनिक रूपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका सामान खरिद गर्न सक्नेछन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा उपहरणहरू, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजलगायत विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोलालगायतका सामान पनि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सक्नेछन । 
सेलमा बाई वान गेट वान फ्री अफर समेतको व्यवस्था रहेको छ । त्यसैगरी, भदौ ३ गतेदेखि १९ गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरू मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन ११ उपलब्ध गराउने रिचार्जरले जनाएको छ । यस्तै हरेक दिन सञ्चालन हुने फेसबुक पेज लाइभ प्रश्नोत्तरमा सहभागि हुनेहरूलाई आकर्षक उपहार उपलब्ध गराइने समेतको व्यवस्था रिचार्जरले गरेको छ र उपहार विजेता घोषणा भने हरेक दिन साँझ ६ बजे रिचार्जरको सोही लाइभमार्फत नै गरिने बताइएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै