National

एनआईसी एशिया बैंकको बिहिबार देशभर ७३ वटा शाखा खुल्ला हुने, हेर्नुहोस् कहाँ–कहाँ खुल्दैछन् ?

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये १४ वटा बैंकको शाखा र ५९ वटा विस्तारित काउन्टरमार्फत सेवा दिने भएको हो ।
बैंकले प्रदेश न. १ मा १ वटा बैंकको शाखा र २ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ । त्यसैगरी प्रदेश न. २ मा २ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट ६ वटा बैंकको शाखा र ५० वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ । 
त्यस्तै गण्डकी प्रदेशमा २ वटा बैंकको शाखा र १ वटा विस्तारित काउन्टरमार्फत सेवा दिने भएको छ । यस्तै प्रदेश न.५ मा ५ वटा बैंक शाखा र ३ वटा विस्तारित काउन्टरबाट सेवा दिने भएको छ भने सुदुरपश्चिम प्रदेशबाट १ वटा विस्तारित काउन्टरबाट सेवा दिने बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै