National

बैंकको डेपुटी सीईओ नियुक्तिमा अब सिफारिस सिमिति चाहिने

 Nepal Rastra Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको डेपुटी सीईओ नियुक्तिमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरूको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस सिमिति चाहिने व्यवस्था गरेको हो । एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 
सिफारिस समितिको अध्यक्ष भने बैंक तथा वित्तीय संस्थाको सीईओ नै हुने व्यवस्था गरेको छ । यसअघि सीईओले मात्रै सिफारिस गरेर डीसीईओ हुन पाउने व्यवस्था रहेको थियो । अब भने समिति नै गठन गर्नुपर्ने भएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा तथा नयाँ पदपूर्ति प्रक्रियाबाट नियुक्ति गर्दा कार्यकारी प्रमुखको अध्यक्षतामा गठित उपसमितिको सिफारिसमा समितिले गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै