National

एनआईसी एशिया बैंकले ल्यायो ग्राहकहरुका लागि क्विज योजना

 Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि क्विज योजना ल्याएको छ । बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एसिया क्विज योजना ल्याएको हो । बैंकका ग्राहकहरुले बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् ।
भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई बैंकको नाम खोज्नुपर्नेछ । जसमार्फत बैंकको एनआइसी एशिया क्विज योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।
सहभागीहरुले भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरूमध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ ।
सोधिएका प्रश्नहरूमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा पनि सहभागीहरू विजेता बन्न सक्नेछन् र जति धेरै सही जवाफ दिनेछन् त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।
विजेतालाई रिर्चाजरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी पालसोनिको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड ईन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, ईलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुडाकोे तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १/१ जनालाई प्रदान गरिनेछ ।
साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई एलजिको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५०० रुपैयाँ बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै