National

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढ्यो

Nepal Life Insurance
  • बैंकिङ संसार
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म आईपुग्दा २२ करोड ९० लाख रुपैयाँले खुद नाफा बढेको हो । 
कम्पनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षको खुद नाफा घटी हो । यस्तै कम्पनीले ८ अर्व ९२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । 
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ अर्व ८१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा कम्पनीको अघिल्लो आर्थिक वर्षको बिमा शुल्क करिब १ अर्व रुपैयाँले कम हो । 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २९ लाख रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ भने ८ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३९ करोड २२ लाख प्रतिसेयर आम्दानी गरेको थियो भने १८ करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो ।
हाल नेपाल लाइफ इन्स्योसेन्सको चुक्ता पूँजी ५ अर्व ४९ करोड रुपैयाँ र जगेडा कोष ३ अर्व ६६ करोड रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा भने ९४ अर्व ८२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ६० करोड ८० लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै