काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले २०औँ वार्षिक साधारणसभा गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले आउँदो मंसिर ६ गते साधारणसभा आयोजना गर्ने भएको हो।
सभा सुनसरीको धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट सुरु हुने भएको छ। सभाले गत आर्थिक वर्ष २०८१-८२ का लागि प्रस्तावित नगद लाभांश अनुमोदन गर्नेछ।
बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँ (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
साथै, सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ भने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र गाभिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।




