काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले सञ्चालक नियुक्त गरेको छ। बैंकले एक सूचना जारी गर्दै तीन जना सञ्चालक नियुक्त गरेको हो।
बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाबाट शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकको सञ्चालकमा उनीहरू आगामी चार वर्षका लागि नियुक्त भएको कम्पनी सचिवले जनाएको छ। सूचनासहित:





