काठमाडौँ। नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जरको लाइसेन्स रद्द गरेको छ। राष्ट्र बैंकले लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनिचेन्जरको लाइसेन्स रद्द गरेको हो।
राष्ट्र बैंकको मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उपविनियम (३) मा उल्लेखित व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले ३ महिनाभित्र) नवीकरण गर्न नसकेकोले लाइसेन्स रद्द गर्ने निर्णय राष्ट्र बैंकले गरेको हो।





