DISH HOME

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधरणले किन्न पाउनेगरी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकले आफ्ना संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेकोमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएपछि सर्वसाधरणका लागी बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक समूहमो १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि आजको १५ दिनभित्र निवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै