काठमाडौँ। कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने भएको छ । बैंक घोटाला संलग्न भनी मुद्धा दर्ताको प्रक्रिया अघि बढाइएका मध्ये केहिको मृत्यु भईसकेको पाइएको हो ।
सिआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा हालै अनुसन्धान सकेको छ ।
बैंक घोटाला प्रकरणमा सीआईबीको प्रतिवेदन अनुसार सञ्चालक समितिका तीन जना अध्यक्ष, ८ जना पदाधिकारीहरू, ४ जना सेयरधनी, ३ जना कार्यकारी अधिकृत, ४२ जना कर्मचारी, ४० जना ऋणी, एक जना मूल्यांकनकर्ता, एक जना नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी र ६ जना आन्तरिक तथा बाह्य लेखापरीक्षकलाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।
योपनि हेर्नुहोस्: