prabhu

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ, झण्डै तीन अर्ब रुपैयाँ हिनामिना गरेको आरोप !

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बैंकको अर्बौं रकम हिनामिना गरेको आरोपमा पशुपति दयाल मिश्र पक्राउ परेका हुन्।

उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

पक्राउ परेका मिश्रमाथि कर्णाली डेभलपमेन्ट बैंकको अर्बौं रकम हिनामिना गरेको आरोप लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको प्रारम्भीक अनुसन्धानबाट बैंकबाट झण्डै तीन अर्ब रुपैयाँ हिनामिना भएको देखिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै