काठमाडौँ। बैंकहरुले कर्जा दिन ढिलो गरे त्यसको क्षतिपूर्तिसमेत तिर्नुपर्ने सुझाव बैंकिङ सुधार सुझाव कार्यदलले राष्ट्र बैंकलाई दिएको छ ।
बैंकहरुले कर्जा दिने बहानामा ऋणीहरुलाई झुलाउने गरेको र अन्तिममा ऋण नदिने गरेको चौतर्फी गुनासो बढीरहेका बेला कार्यदलले यस्तो सुझाव दिएको हो ।
कार्यदलको यो सुझावलाई चौतर्फी प्रशंसा आइरहेको छ ।