काठमाडौँ। एनआईसी एशिया बैंकले सेयर धितो कर्जा दिने भएको छ। बैंकले ‘अठोट लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा’ योजना सार्वजनिक गर्दै सेयर धितो कर्जा दिने घोषणा गरेको हो।
बैंकले ८.१७ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा दिने भएको छ । बैंकले सेयर धितोमा राखेर आधार दरमा १ प्रतिशत थप गरेर ऋण दिन लागेको हो।
बैंकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने जनाएको छ ।
उक्त योजना अन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।