एनआईसी एशिया बैंकले दियो साउनको ब्याज रिभाइज भएको जानकारी

काठमाडौँ। एनआईसी एशिया बैंकले साउन दोश्रो साता पुगेपछि साउनको ब्याज रिभाइज भएको जनाएको छ। बैंकले एसएमएसमार्फत यस्तो जानकारी दिएको हो ।

ग्राहकलाई बढी ब्याज लिएर ठगेको, र समयमै ब्याज रिभिजनको जानकारी नदिएर गलत काम गरेको भन्दै राष्ट्र बैंकको कारवाहीमा परेपछि एनआईसी एशिया बैंकले साउन दोश्रो साता पुगेपछि साउनको ब्याज रिभाइज भएको जानकारी ग्राहकलाई दिएको छ ।

बैंकले ऋणीसँग गरिएको कर्जा सम्झौतामा ब्याजदर, किस्ता र कर्जाको प्रकारजस्ता विषयहरू स्पष्ट रुपमा उल्लेख नगरेको, साथै ब्याजदर परिवर्तन हुँदा जानकारी नदिएको पाइएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई सचेत गराएको थियो।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै