prabhu

सिटिजन्स बैंकमा हदैसम्मको मनपरी (भाग-१)

काठमाडौं । राष्ट्र बैंकको नियमनमा रहेको एउटा बाणिज्य बैंकले कुन हदसम्मको बदमासी गर्न सक्ला ? आज हामी त्यस्तै तथ्यको उजागर गर्दैछौं । जहाँ जनताको पैसा हुन्छ, नियामकको नियमन हुन्छ, कानुनी म्यान्डेट हुन्छ । तर हाम्रो बैंकको सीइओलाई कसले छुने ? राष्ट्र बैंक हाम्रै गोजीमा छ भन्ने शैलीमा काम गर्दा यतिबेला सिटिजन्स बैंकका सीइओमाथि कारवाहीको डण्डा चलेको छ ।

हो, बैंकका सीइओ गणेशराज पोखरेलले आफ्नो जागिरको करार सम्झौता गैरकानुनी रुपमा संसोधन गरी आफ्नो सेवा सुविधा बढाएको पाइएपछि राष्ट्र बैंकले पोखरेललाई कारवाहीको रुपमा सचेत गराएको हो । बैंकका सीइओले गरेको मनपरीबारे बैंककै एक संचालकले राष्ट्र बैंकमा मौखिक उजुरी गरेका थिए । सो सूचना पाएपछि राष्ट्र बैंकले आवश्यक कागजात हेर्दा सीइओको सेवा सुविधाका नाममा हदैसम्मको बदमासी गरेको पाइएपछि पोखरेल कारवाहीमा परेका हुन् ।

यता बैंकले दिने ऋणमा इन्टरनल अडिटले देखाएको कैफियतलाई पनि बेवास्ता गरेको, राष्ट्र बैंकले सो विषयमा विस्तृत अध्ययन गर्न भनेकोमा नगरेको पाइएपछि सिटिजन्स कारवाहीमा परेको हो ।

राष्ट्र बैंकले सिटिजन्स बैंकको मनपरी यति मात्र देखेको छैन । सिटिजन्स बैंकले बैंकको ब्याजदर नै गलत रुपमा गणना गरेको, हदैसम्म एभरग्रिनिङ गरेकोसमेत फेला परेको छ । बिग्रिएको ऋणको किस्ता र ब्याज उठाउन थप ऋण दिएर बैंकले गैरकानुनी काम गरेको राष्ट्र बैंकको ठहर छ । यतिमात्र होइन, ऋणको हकमा बैंक सार्है गैरजिम्मेवार बनेको तथ्यसमेत समेटेर राष्ट्र बैंकले सिटिजन्स बैंकलाई कारवाही गरेको छ ।

यति मात्र पनि होइन, सिटिजन्स बैंकले चालुपूँजी सम्बन्धी मार्गदर्शन पूर्णरूपमा पालना नगरेको पाइएको भनेको छ । यता, राष्ट्र बैंकमा रिपोर्टिङ्ग गर्दा पनि गलत तथ्यांक प्रस्तुत गरेर मनपरी गरेको राष्ट्र बैंकको ठहर छ ।

नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर आएपछि सिटिजन्स बैंकलाई राष्ट्र बैंकले समेत कारवाही गर्ने आँट गरेको देखिएको छ । यसअघि सिटिजन्सले जे गरे पनि राष्ट्र बैंकले कारवाही गर्दैन भन्ने चर्चा बैंकिङ क्षेत्रमा थियो । तर अन्ततस् सो हल्ला गलत सावित भएको छ ।

अनि यति धेरै बदमासी गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्दा पनि किन यस विषयमा मिडियामा आउनुपर्ने जति खबर आएन होला रु यसको पछाडीको कारण छ बैंकले पोजेटिभ न्युज लेख्न समाचार गनेर मिडियालाई दिने गरेको पैसा । न कतै विज्ञापन प्रकाशन, न प्रशारण । सीइओको गुणगान गर्न लगायो, अनि पैसा तिर्यो । यो आरोप होइन, तथ्य हो । यस विषयको थप खुलासा आगामी अंकमा । भिडियो:

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै