PRABHU BANK

नेपाल बैंकका कर्मचारी ५४ दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । नेपाल बैंकमा चौथो तहमा कार्यरत तारणीप्रसाद पन्त ५४ दिनदेखि सम्पर्कविहीन भएका छन् । मनाङ चामेबाट हराएका कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुरका पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्।

उनी मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा काम गर्छन् । पन्त बैंकका सहकर्मीसँग भ्युटावर हेर्नका लागि गएका थिए । सहकर्मीले भ्युटावर चढ्न नसक्ने भनेपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका थिए ।

भ्युटावरको उकालो चढेका पन्तले साँझ ४:४५ मिनेटमा आफ्नो सहकर्मीसँग कुराकानी गरेको पन्तका परिवारले जनाएका छन् । हाल उनी सम्पर्कविहीन छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै