काठमाडौँ । सिटिजन्स बैंकमा रहेको खाता ह्याक भएको पाइएको छ । सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका पाइएको हो ।
सिटिजन्स बैंकको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको बुझिएको छ । एफवान सफ्ट कम्पनीले आफ्नो पैसा चोरी भएपछि प्रहरीमा उजुरीसमेत दिएको छ ।
सोही उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । बैंकको खाता ह्याक भएको खबर फैलिएपछि सिटिजन्स बैंकका ग्राहकहरू चिन्तित बनेका छन् ।