काठमाडौँ । नेपाल बैंकर्स संघका पुर्वअध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंकिङ क्षेत्र सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन् । उनले पुस ३ गते संघको वार्षिक साधारणसभा बोल्दै यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले वित्तीय नीतितर्फको समस्या र राजनीतिक अस्थिरताका कारण नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
नेपालको बैंकिङ क्षेत्रले ठूलो चुनौतिको सामना गरिरहँदा पनि नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाका अन्य देशहरूको भन्दा उत्कृष्ट रहेको उनको दावी छ । सभामा उनले बैंकहरूले गत आर्थिक वर्षमा ४० अर्ब कर तिरेकोसमेत उल्लेख गरेका छन् ।