PRABHU BANK

कुमारी बैंक र एनएएस-आइटिबीच बैंकिङ सेवा सम्बन्धि सम्झौता

kumari bank

  • बैंकिङ संसार 

काठमाडौं । कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ Nepal Association for Software and IT Services Company (NAS-IT) सँग बैंकिङ सेवा सम्बन्धि सम्झौता गरेको छ ।

कुमारी बैंक लिमिटेडका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा NAS-IT का अध्यक्ष रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले NAS-IT मा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने भएको छ ।सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

NAS-IT नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ । सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनकालागि बैंक तथा संघबीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्दमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै