PRABHU BANK

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सहकार्य गर्दै अघि बढ्ने सम्झौता

काठमाडौँ । नेपाल बैंकर्स संघ र नेपाल बीमक सङ्घबीच सहकार्य गर्दै अघि बढ्ने सम्झौता भएको छ । उक्त कम्पनीहरूबीच सूचना, तथ्याङ्क, ज्ञान, सीप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने सम्झौता भएको हो ।

सो सम्झौताले वाणिज्य  बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको  छ ।

त्यस्तै, सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै