काठमाडौँ। नेपाल बैंकर्स संघको कार्यकारी सदस्यमा चार जना नयाँ सदस्य छनोट भएका छन् । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यकारी सदस्यमा चार जना नयाँ सदस्य छनोट भएका हुन्।
बुधबार सम्पन्न भएको संघको वार्षिक साधारणसभाले रिक्त रहेको सदस्य पदमा नबिल बैंकका सिइओ मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सिइओ अजय विक्रम शाह, नेपाल एसबीआई बैंकका सिइओ रामकुमार तिवारी र प्राइम कमर्सियल बैंकका सिइओ सञ्जीव मानन्धरलाई नियुक्त गरेको हो ।
संघको यसअघिका सदस्यहरु प्रभु बैंकका सिइओ अशोक शेरचन, सानिमा बैंकका सिइओ निश्चलराज पाण्डे, सिद्धार्थ बैंकका सिइओ सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएसँगै संघको सदस्यबाट बाहिरिएका हुन् ।




